Friday, July 1, 2011

National Song of Army and of Nepalese

सेनाको राष्ट्रिय गीत र सारा नेपालीको पनि
रातो र चन्द्र सूर्य,
जंगी निसान हाम्रो 
जिउँदो रगतसरि  यो,
बल्दो यो सान हाम्रो
हिमालझैं अटल यो,
झुकेन यो कहिल्यै,
जंगी निसान हाम्रो
यो जन्मँदै जगतमा
कैयौँ प्रहार आए
साम्राज्य दुई हारे 
हारेन सान हाम्रो
जबसम्म चन्द्र सूर्य
आकाशमा रहन्छन 
तबसम्म हुन्छ आफ्नै 
रातो रगत यो हाम्रो
गाईसरि  छन्  साधु
जोजो यँहा जगतमा
सबको सरन बलियो
जंगी निसान हाम्रो

No comments:

Post a Comment

Search This Blog