Friday, July 1, 2011

With Lord


ईश्वरको साथ
मेशिनमा अडेको मानिस
फूर्ति लाउछ
एउटा  रोबोट कुकुर बनाउछ
अनि हेला गर्छ गल्लीको कुकुरलाई
खोज्छ ईश्वरको साथ
अनि कहाँ पाउछ ?

गरिबलाई हेला गर्छ
अनि धनीलाई स्वागत गर्छ
फेरी भन्छ गरिब ईश्वरको रुप हो
खोज्छ ईश्वरको साथ
अनि कहाँ पाउछ ?
गरिबलाई (स्वागत गर)
अनि भन्छ ईश्वरले 
मेरा हात भए यी

घरमा पाल्छ कुकुर धनीले
दिनहु मासुभात दिन्छ
माग्ने आउछ त्यही
खोइ त् दालभात ?
तिमी मानिस कि कुकुर
भौ भौ गर्छौ कि , , , बी
खोज्छ ईश्वरको साथ
अनि कहाँ पाउछ ?

ईश्वरले भन्छ माया गर
असहायलाई  , गरिबलाई , रोगीलाई
अशक्तलाई ................
शक्ति हु उनीहरूको
छु उनीहरुसंगै
मेरो ह्र्दय उनीहरुसंगै
मेरो  साथ उनीहरूलाई
नखोज मलाई धनी , विद्वान ,
शक्तिशाली ,  बलवान ............  को म़ा

हेर मेरो ह्दय कहाँ ?
हेर छु कहाँ ?

बनाउछु साच्चिकै मानिस

जो बोल्छ
माया गर्छ
रुन्छ
हास्छ

 तर ,

तिमीहरू मानिस
बनाउछौ मूर्ति मानिस
जो मुख मात्र हल्लाउछ 
जो धनीलाई  मात्र माया गर्छ
जो अरुको दुखमा   हास्छ
जो अरुको सुखमा रुन्छ
हाय , खोज्छौ मेरो साथ
अनि कहाँ पाउछौ ?

No comments:

Post a Comment

Search This Blog